जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सेबोनको बोर्डबाट धमाधम बाहिरिंदै सञ्चालक

सेबोनको बोर्डबाट धमाधम बाहिरिंदै सञ्चालक

नेपाल धितोपत्र धितोपत्र बोर्ड(सेबोन)का सञ्चालकहरु धमाधम बाहरिरिन थालेका छन्। पालैपालो बाहिरिंदा सेबोनमा दुई सञ्चालकको पद रिक्त हुन पुगेको छ।

यसअघि नेपाल उद्योग वाणिज्य महासंघबाट सञ्चालक सदस्य रहेका गोकर्ण अवस्थी बाहिरिएकामा अब निलबहादुर सारु मगरले पनि सेबोन छोडेका छन्।

उनी इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्स अफ नेपाल(आइक्यान)को अध्यक्ष भएसँगै सेबोनको सञ्चालकबाट अलग भएका हुन्। उनी आइक्यानको तर्फबाट सेबोनको सञ्चालक थिए।

सेबोनको सञ्चालक समिति ७ सदस्यीय हो। समितिमा अर्थ मन्त्रालयबाट सहसचिव महेश बराल र कानुन मन्त्रालयबाट सहसचिव विनोदकुमार भट्टराई सदस्य छन्। नेपाल राष्ट्र बैंकका तर्फबाट कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल तथा विज्ञका रुपमा भोलानाथ ढुंगाना सदस्य छन्।

सदस्यमध्ये बराल र भट्टराईले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने योजनामा रहेका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई साथ दिंदै आएका छन्।

राष्ट्र बैंकको लगानी रहेको नेप्से डुबाउने गरी नयाँ स्टकको लाइसेन्स दिने सन्तोषनारायणको एजेन्डामा नेपालले पनि सहमति जनाउँदै आएका छन्। नेप्सेमा राष्ट्र बैंकको ११.२३ प्रतिशत स्वामित्व छ।

775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका