जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • माछापुच्छ्रे क्यापिटलले ५ प्रतिशत नगद लाभांश दिने

माछापुच्छ्रे क्यापिटलले ५ प्रतिशत नगद लाभांश दिने

माछापुच्छ्रे क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले रु १ करोड ४३ लाख १६ हजार ९७५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले लाभांश प्रस्ताव पारित गर्नका लागि भदौ ६ गते, काठमाडौंको बालुवाटारमा दिउँसो १२:३० बजे छैठौं वार्षिक साधारणसभा आह्वान गरेको छ।

सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, तथा असार मसान्तसम्मको वित्तीय विवरण पारित गरिनेछ।

यस्तै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण, साथै संस्थापक सेयरधनी समूहबाट एक जना सञ्चालकको निर्वाचन समेत एजेन्डामा समावेश गरिएको कम्पनीले जनाएको छ।

955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?