जोडिनुहोस
बिहिबार, माघ २, २०८२
बिहिबार, माघ २, २०८२
  • होमपेज
  • बीमा कम्पनीले बढाए व्यापार, जीवनतर्फ व्यवसाय धेरै बढाउनेमा आइएमई

बीमा कम्पनीले बढाए व्यापार, जीवनतर्फ व्यवसाय धेरै बढाउनेमा आइएमई

बीमा कम्पनीले चालु आर्थिक वर्ष साउनमा व्यापार बढाएका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार साउनमा जीवन र निर्जीवन बीमा कम्पनीले बीमा शुल्क आर्जन बढाएका हुन्।

जीवन बीमा कम्पनीले २० अर्ब २ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। यो प्रिमियम रकम पोहोर साउनको तुलनामा ७.७८ प्रतिशत धेरै हो।

कम्पनीहरुले पोहोर साउनमा १८ अर्ब ५७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए। लाइफ इन्स्योरेन्स कर्पोरेसन, राष्ट्रिय जीवन बीमा र सन नेपाल लाइफ बाहेकका कम्पनीको व्यवसाय बढेको छ।

नेपाल लाइफले सबैभन्दा धेरै ६ अर्ब १९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले गत वर्षको तुलनामा ८.४४ प्रतिशतले बीमा शुल्क बढाएको हो। आइएमई लाइफले सबैभन्दा धेरै २३.५३ प्रतिशतले प्रिमियम बढाएको छ।

निर्जीवन बीमा कम्पनीले एक महिनामा ४ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। यो रकम पोहोर साउनको तुलनामा १.९७ प्रतिशत धेरै हो। गत वर्ष निर्जीवन बीमा कम्पनीले ४ अर्ब ३१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए। राष्ट्रिय बीमा कम्पनी, सिद्धार्थ प्रिमियर, सगरमाथा लुम्बिनी र नेसनल इन्स्योरेन्स बाहेकको व्यापार बढेको छ।

सगरमाथा लुम्बिनीले सबैभन्दा धेरै ४५ करोड ५४ लाख रुपैयाँ प्रिमियम आर्जन गरेको छ। ओरियन्टलको व्यवसाय सबैभन्दा धेरै ४२.१५ प्रतिशत बढेको छ।

990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका