जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • यी चार बैंकले दशैं अघि नै सेयरधनीलाई लाभांश र कर्मचारीलाई बोनस दिँदै

यी चार बैंकले दशैं अघि नै सेयरधनीलाई लाभांश र कर्मचारीलाई बोनस दिँदै

चार वाणिज्य बैंकले गत वर्षको नाफाबाट सेयरधनी र कर्मचारीलाई दशैं खर्च दिने भएका छन्। गत आर्थिक वर्षको मुनाफाबाट ३ वाणिज्य बैंक र एक विकास बैंकले १० प्रतिशत बोनस र सेयरधनीलाई लाभांशस्वरुप दशैं खर्च दिन लागेका हुन्।

साधारणसभा दशैं अघि नै सम्पन्न गर्ने योजनामा एभरेष्ट, नबिल, सिटिजन्स बैंक र कामना सेवा विकास बैंक रहेका छन्। एभरेष्ट र कामना सेवा विकास बैंकले राष्ट्र बैंकमा प्रारम्भिक स्वीकृति लिएर लाभांश घोषणा गरिसकेका छन् भने नबिल र सिटिजन्स्ले पनि अन्तिम लेखा परीक्षण गराएर वित्तीय विवरण पेस गरेका छन्।

कुनै पनि कम्पनी तथा संघसंस्थाले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र उक्त आवको वार्षिक साधारणसभा सम्पन्न गरिसक्नुपर्छ। बैंक तथा वित्तीय संस्थाले वार्षिक साधारणसभा सम्पन्न गर्न राष्ट्र बैंकमा सम्बन्धित आवको वित्तीय विवरण पेस गरी पारित गर्नुपर्ने व्यवस्था छ।

एभरेष्ट बैंकले गत भदौ २९ मै गत वर्षको सञ्चित नाफाबाट सेयरधनीलाई १५.५३ प्रतिशत लाभांश वितरण घोषणा गरिरहेको छ। बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्नेछ।

कामना सेवा विकास बैंकले पनि गत भदौ ३० गते ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ।

गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणमा नबिल बैंकले १४.२६ प्रतिशत र सिटिजन्स बैंकले ४.३४ प्रतिशत लाभांश वितरण गर्न सक्ने उल्लेख थियो।

2555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका