जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२

झापा इनर्जीको आईपीओ खुला

झापा इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणका लागि सेयर बिक्रीमा ल्याएको हो ।

यसअघि कम्पनीले पहिलो चरणमा ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीयलाई र ५७ हजार २९ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरी बाँडफाँट गरिसकेको थियो।

अब दोस्रो चरणमा सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता, कर्मचारीका लागि ११ हजार ४०६ कित्ता छुट्याई, बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको छ। यी शेयर प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँ बराबरका हुनेछन्।

न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन भदौ २४ गतेसम्म बन्द हुन सक्छ भने ढिलोमा असोज ३ गतेसम्म खुला रहनेछ ।

1280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका