
एउटा उत्कृष्ट लघुवित्त वित्तीय संस्था मर्जर पछि कुरा नमिल्दा शिथील अबस्थातिर धकेलिएको छ । कुनै समय देशकै अग्रणी लघुवित्तका रुपमा रहेको थियो मिर्मिरे लघुवित्त । मिर्मिरे लघुवित्त नेडुरे लघुवित्तसँग मर्जर भएपछि भने यसभित्र समस्यै समस्या ओइरीन थाल्यो । उक्त लघुवित्तमा संचालक समिति, कर्मचारी र नेतृत्वमा पटक पटक विवाद उत्पन्न भइरहेको छ । साविक नेरुडेका मनि अर्याल र मिर्मिरेका टेकबहादुर बोहराबीचको विवाद कुनै समय केन्द्रीय बैंकसम्म मुद्धा मामीलाका रुपमा अघि सरेको थियो । अहिले दर्जनौ कर्मचारीलाई भिआरएस सुविधाबाट विदायी गर्दा पनि त्यस्तै समस्या आइपरेको छ । यो सुविधामा कोही जबरजस्ती बाहिरीएका छन् ।
यससँगै संचालक समितिले ऋषी प्रसाद न्यौपानेलाई कामु सीईओमा नियुक्ति गरेको छ । तत्पश्चात फेरि बरिष्ठ र कनिष्टको विवाद चुलीएको छ । संस्थाका तत्कालीन कामू सीईओ भागनारायण साहुले मंसिर २४ गतेदेखि स्वैच्छिक अवकाश भिआरएस सुविधा लिएर विदायी भएका छन् । चर्को विवाद उत्पन्न भएसँगै उनले संस्था चलाउन नसक्ने अबस्था देखेर यो सुविधा लिएको बताइएको छ । संस्थामा लामो समयदेखि सिइओ पद नै रिक्त हुँदै आएको छ । यसअघिका सिइओ मिनबहादुर बोहराले संस्था चलाउन नसकेपछि कर्मचारीहरु आन्दोलीत भएका थिए । बोहराले कर्मचारीलाई विभेदपूर्ण व्यबहार गरेको भन्दै आन्दोलन चर्किएको थियो । कायम मुकायमको भरमा संचालन हुँदै आएको उक्त संस्थामा विवाद भने टुंगीएको छैन । हाल बरिष्ठताका विषयमा बिर्ख बहादुर बोहरा, ऋषि प्रसाद न्यौपाने र दिनेश कटुवालबीच मतान्तर छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार









































































