जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • युनाइटेड इन्स्योरेन्सको नाफा ४.३२ गुणाले बढ्यो

युनाइटेड इन्स्योरेन्सको नाफा ४.३२ गुणाले बढ्यो

युनाइटेड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा ४.३२ गुणाले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले यस अवधिमा ७ करोड ५२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा एक करोड ७४ लाख रुपैयाँ थियो ।

कुल बीमा शुल्क आर्जन २० प्रतिशतले बढाउदै एक अर्ब ५ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ८७ करोड ८६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले १८ करोड १५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ करोड ६ लाख रुपैयाँ जम्मा भएको छ । प्रतिशेयर आम्दानी ७ रुपैया छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँरहेको छ ।

4975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका