जोडिनुहोस
शुक्रबार, पुस २५, २०८२
शुक्रबार, पुस २५, २०८२
  • होमपेज
  • शिखर इन्स्योरेन्स कम्पनीले सम्पत्ती शुद्धिकरण तथा आतंककारी निर्देशिका विपरित लगानी गरेको खुलासा !

शिखर इन्स्योरेन्स कम्पनीले सम्पत्ती शुद्धिकरण तथा आतंककारी निर्देशिका विपरित लगानी गरेको खुलासा !

नेपाल बीमक संघका पूर्व अध्यक्ष समेत रहेका शिखर इन्स्योरेन्स कम्पनीका सदाबहार सिइओ दिप प्रकाश पाण्डेले विभिन्न लगानी गर्दा राज्यले निर्देशित गरेको सम्पत्ति शुद्धिकरण तथा आतंककारी निर्देशिका २०७५ विपरित लगानी गरेको खुलासा भएको छ । नेपालको १ कम्पनी बताउँदै आएको शिखर इन्स्योरेन्स कम्पनीले बीमकले कर्मचारी मार्फत आर्जित बीमा शुल्कको आधारमा कर्मचारीहरुलाई १.५ प्रतिशत रकम इन्सेन्टिभको रुपमा दिएर घोटला गरेको नेपाल बीमा प्राधिकरणको स्थलगत निरिक्षण प्रतिवेदनबाटै प्रमाणित भएको छ । बीमा प्राधिकरणका अध्यक्षज्यू । छानवीन तत्कालै होस् । यति मात्र होइन ।

नेपाल बीमा प्राधिकरणको स्थलगत निरिक्षण प्रतिवेदन हेरौं केके छ त बदमासी बुद्धागतरुपमैः–
– बीमकको संचालक समितिले जोखिमांकन (अडरराइटिङ), पुनर्बीमा, बजारीकरण, सूचना प्रविधि दिग्दर्शन (म्यानुअल) तयार गरेको देखिएन ।
– संचालक समितिले ऐन, नियमावली, प्रचलित कानून, बीमा समितिबाट समय समयमा जारी गरिएका निर्देशन, संचालक समितिबाट बनाइएका नीति, नियम, निर्णय, निर्देशन, दिग्दर्शन (म्यानुअल), परिपत्र वा कार्यविधी पालना भए नभएको जाच गर्ने कार्यविधी बनाएको देखिएन ।
– संगठनात्मक संरचना तयार गरिएको देखिएन ।
– बीमकले कर्मचारी उत्तराधिकारी योजना (सक्सेसन प्लान) तयार गरेको देखिएन ।
– बीमकले उपकार्यकारी प्रमुख नियुक्त गरेको देखिएन ।
– नियुक्त भएका सबै कर्मचारीहरुलाई तोकिएको ढाँचामा कार्यकारी प्रमुखले कार्य विवरण उपलब्ध गराएको देखिएन ।
– बीमकले संस्थागत सुशासन इकाइ गठन गरेको देखिएन ।
– बीमकले सम्बद्द पक्ष कारोबार तथा वित्तीय स्वार्थ रहेका व्यक्ति र संस्था पहिचानको लागि नीति, कार्यक्रम तथा कार्यविधि बनाएको देखिएन ।
– संचालक समिति तथा उपसमितिबाट लगानी अनुमोदन हुंदा प्रत्येक संस्थामा गरिएको लगानीलाई हाल सम्मको लगानी अनुमोदन गरियो भनी निर्णय गर्ने गरिएको देखियो ।
– बीमकका प्रमुख कार्यकारी अधिकृत श्री दिप प्रकाश पाण्डे कृति क्यापिटल इन्भेष्टमेण्ट लिमिटेडमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट संचालक रहेकोमा सो सम्बन्धी निर्णय भएको देखिएन ।
– बीमकले संचालक समितिबाट विभिन्न समिति र उपसमितिको गठन गर्दा ती समितिहरुको संचालन कार्यविधि बनाउने गरेको देखिएन ।
– बीमकले कर्मचारी मार्फत आर्जित बीमाशुल्कको आधारमा कर्मचारीहरुलाई नीजहरुबाट आर्जित बीमाशुल्कको १.५ प्रतिशत रकम इन्सेन्टिभको रुपमा प्रदान गर्ने निर्णय गरेको देखियो । प्रतिवेदनमै उल्लेख छ ।
– बीमकले सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी कृयाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०७५ बमोजिम सम्पादन गरेका कार्यहरूको चौमासिक प्रतिवेदन समितिमा पेश गरेको देखिएन ।
– बीमकले शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्ने सुचक तयार गरी लागु गरेको देखिएन ।
– बीमकले सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी कृयाकलापमा वित्तीय लगानी निवारण लगायत अन्य गैरकानुनी तथा अपराधिक कार्यको नियन्त्रणमा कमजोर देखिएका मूलुकको सूचि तयार गरी अद्यावधिक मरेको देखिएन भनिएको छ । सचेत भया ।

560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका