जोडिनुहोस
बुधबार, बैशाख ५, २०८१
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • मर्जरपछि प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको एकिकृत कारोबार मिति तय

मर्जरपछि प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको एकिकृत कारोबार मिति तय

प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स एक आपसमा मर्ज भई फागुन १७ गतेबाट एकिकृत कारोबार गर्ने भएका छन् । मर्जरपश्चात सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नाममा एकिकृत कारोबार हुन लागेको हो ।

दुवै कम्पनीको पुस २९ गते सम्पन्नसाधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । बीमा प्राधिकरणले माघ १६ गते, धितोपत्र बोर्डले माघ २४ गते, र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । संयुक्त मर्जर समितिको फागुन ११ गते बसेको बैठकले फागुन १७ गतेबाट एकिकृत कारोबार गर्ने निर्णय गरेको हो ।

मर्जर पश्चात बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको केन्द्रीय कार्यालय बबरमहलमा रहने छ  । दुवै स्नास्था १:१ को स्वापमा मर्ज भएका हुन्  ।

1400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका