जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • भारतबाट नोट नक्कली नोट छाप्ने उपकरण ल्याउने समातिए

भारतबाट नोट नक्कली नोट छाप्ने उपकरण ल्याउने समातिए

नक्कली नोट छाप्ने उपरकरण सहित प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। बारा कलैया बस्ने २८ वर्षीय गौरीशंकर यादव र बाराकै रवि कुमार श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरुलाई भारतबाट नक्कली नोट छाप्नको लागि आवश्यक पर्ने उपकरणहरु भारतबाट ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। उनीहरुले कम्युटरदेखि प्रिन्टर मेसिन समेत ल्याएका थिए।

पुस १६ गते जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नक्कली नोटसहित ६ जनालाई पक्राउ गरेको थियो। त्यसक्रममा गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल चोकबाट नक्कली नोटसहित सिन्धुपाल्चोक बाह्रबिसे-२ का ३२ वर्षीय दावा नोर्वु शेर्पासमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीले उनीहरुको साथबाट नेपाली एक हजार दरका ९६ थान नक्कली नोट बरामद गरेको छ। दुई साताअघि कपडा व्यापारीहरुले नक्कली नोट दिएर सामान किनेको जानकारी दिएपछि प्रहरीले अपरेसन जारी राखेको थियो। बौद्ध क्षेत्रमा नक्कली नोट दिएर कपडा किन्ने अनि फरार हुने गरेका थिए।

‘हामीले सीसी क्यामरादेखि अन्य तरिकाले खोजी गरिरहेका थियौं,’ एक अनुसन्धान अधिकृतले सुनाए।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नोट सहित पक्राउ गरेको हो। त्यसैको फलोअप अनुसन्धानमा दुई जना समातिएका हुन्।

275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?