जोडिनुहोस
बुधबार, फाल्गुन २७, २०८२
बुधबार, फाल्गुन २७, २०८२
  • होमपेज
  • एसएमएल इसुजु ब्राण्डका कमर्सियल गाडी किन्न रिलायन्स फाइनान्सले ऋण दिने

एसएमएल इसुजु ब्राण्डका कमर्सियल गाडी किन्न रिलायन्स फाइनान्सले ऋण दिने

एसएमएल इसुजु ब्राण्डका कमर्सियल सवारी साधन किन्न चाहने ग्राहकले रिलायन्स फाइनान्सबाट ऋण पाउने भएका छन्।
यस सम्बन्धमा एसएमएल इसुजु ब्राण्डका कमर्सियल सवारी साधनको वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले बिहीबार रिलायन्स फाइनान्ससँग सम्झौता गरेको छ।

सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र लक्ष्मी कमर्सियल भेहिकल्सका प्रबन्धक
जितेन्द्र लाल कर्णले हस्ताक्षर गरे।

सम्झौता अनुसार एसएमएल इसुजु ब्राण्डका ट्रक, टिपर, सार्वजनिक बस, स्कूल बस र विशेष उद्देश्यका सवारी साधन किन्न चाहने ग्राहकले सुविधाजनक वित्तीय समाधान पाउनेछन्।

रिलायन्स फाइनान्सले अधिकतम ५ वर्षका लागि मासिक किस्ता प्रणालीमा ऋण उपलब्ध गराउने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका