
अर्थमन्त्री रामेश्वर खनालले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अपराधमा संलग्न व्यक्तिहरूको सम्पत्ति तत्काल जफत गर्नुपर्ने बताएका छन् । अन्तराष्ट्रिय संस्थाहरू एफएटिएफ (फाइनान्सियल एक्सन टास्क फोर्स) र एपीजी (एसिया प्यासिफिक ग्रुप) का प्रतिनिधिहरूले नेपालको प्रगतिप्रति चासो व्यक्त गरिरहेको सन्दर्भमा आज सम्पत्ति शुद्धिकरण विभागले गरेको एक कार्यक्रममा उनले यस्तो बताएका छन् ।
अर्थमन्त्री खनालका अनुसार यस विषयमा गरेको प्रगति अझै पनि कमजोर रहेकाले ‘ग्रे-लिस्ट’बाट बाहिर आउन नेपाललाई कठिन छ ।
एफएटिएफ र एपीजीका प्रतिनिधिहरूले नेपालको प्रयास सन्तोषजनक नभएको बताइरहेका छन् । उनीहरुले अनुसन्धान, छानबिन र मुद्दा दायर गर्ने निकायहरूलाई त्यस्तो प्रमाण पेश गर्न भनेपनि अहिलेसम्म प्रमाण दिन नसकिएको खनालले बताएका छन् ।
सम्पती शुद्धिकरणको अपराधमा उनीहरुको सम्पती जफत गरेका प्रमाण आगामी दिनमा प्रमाणसहित अन्तराष्ट्रिय समुदायसमक्ष पेश गर्ने हो भने नेपाल छिट्टै ‘ग्रे-लिस्ट’बाट बाहिर निस्कने समेत अर्थमन्त्री खनालले बताएका छन् ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार































































