जोडिनुहोस
बिहिबार, माघ १६, २०८२
बिहिबार, माघ १६, २०८२
  • होमपेज
  • गरिमा विकास बैंकको सुरक्षा गार्डमाथि चक्कु प्रहार

गरिमा विकास बैंकको सुरक्षा गार्डमाथि चक्कु प्रहार

गरिमा विकास बैंकका सुरक्षा गार्डमाथि चक्कु प्रहार भएको छ । बैंकको स्याङ्जाको विरुवा गाउँपालिका–१ स्थित बैंकको शाखाका सुरक्षा गार्ड शेर बहादुर थापामाथि चक्कु प्रहार भएको हो ।

थापामाथि विरुवा गाउँपालिका-१ कै ३० वर्षीय महेन्द्र नारायण श्रेष्ठले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रसन्न राज चौधरीले जानकारी दिएका छन् ।

डिएसपी चौधरीका अनुसार श्रेष्ठले मादक पदार्थ सेवन गरी बैंकका सुरक्षा गार्ड थापामाथि चक्कु प्रहार गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

सुरक्षा गार्डमाथि चक्कु प्रहार भएको सूचनाका आधारमा श्रेष्ठलाई प्रहरी चौकी विरुवाअर्चबाट खटिएको प्रहरी टोलीले विरुवा बजारबाट पक्राउ गरेको डिएसपी चौधरीले जनाएका छन् । पक्राउ परेका श्रेष्ठलाई ज्यान मार्ने उद्योग कसुरमा स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका