जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ग्लोबल आइएमई बैंकले विद्यार्थीलाई जापान जान शैक्षिक कर्जा दिने, त्रिपक्षीय समझदारी

ग्लोबल आइएमई बैंकले विद्यार्थीलाई जापान जान शैक्षिक कर्जा दिने, त्रिपक्षीय समझदारी

ग्लोबल आइएमई बैंकले विद्यार्थीलाई जापान जान सहजै करक्जा दिने भएको छ। यस सम्बन्धमा बैंक, आइएमई लिमिटेड र जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान)बीच त्रिपक्षीय समझदारी भएको छ। बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र जाल्सानका अध्यक्ष रमेश देवकोटाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार, उच्च शिक्षाका लागि जापानमा जान चाहने विद्यार्थीलाई जाल्सानको सिफारिसमा बैंकले शैक्षिक कर्जा प्रवाह गर्नेछ। जाल्सानले सिफारिस गरेका विद्यार्थीले आवश्यक कागजातसहित आफ्ना शाखा कार्यालयमा निवेदन दिए पश्चात् शैक्षिक कर्जा प्रवाह गर्ने बैंकले बुधबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

आइएमई लिमिटेडले उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीको कलेज शुल्क, भिषा शुल्क लगायत भुक्तानीका लागि आवश्यक समन्वय गर्नेछ। विद्यार्थीले जापान गएपछि आइएमईबाटै पैसा पठाउन सक्नेछन्।

2490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका