जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • १५ प्रतिशत भन्दा बढि वाणिज्य बैंकहरुको डिपोजिट ब्याजदर, डिपोजिट खोसाखोसले अर्थतन्त्र सधैं विरामी, सानिमा बैंकसंग कर्जा लिनेहरुको रुवाबासीः राष्ट्र बैंक बेखबर !

१५ प्रतिशत भन्दा बढि वाणिज्य बैंकहरुको डिपोजिट ब्याजदर, डिपोजिट खोसाखोसले अर्थतन्त्र सधैं विरामी, सानिमा बैंकसंग कर्जा लिनेहरुको रुवाबासीः राष्ट्र बैंक बेखबर !

नेपालका २ दर्जन भन्दा बढि वाणिज्य बैंकहरुले डिपोजिटको ब्याजदर १५.३ प्रतिशतसम्म पु¥याएका छन् भन्दा अब फरक पर्दैन । प्रभु बैंक लिमिटेडले रेमिटेन्सबाट आएको पैसामा १५.१३ प्रतिशत दिने डिपोजिटको मुद्दती निक्षेप ल्याएको छ । प्रभु बैंकसंग मर्जरको सहमती गरेको सेञ्चुरी बैंक लिमिटेडले १४. १३ प्रतिशतको रेमिटेन्स मुद्दती ब्याजदर सार्वजनिक गरेको भेटिएको छ । प्रायः वाणिज्य बैंकहरुले १२.१३ प्रतिशत व्यक्तिगत र १०.१३ प्रतिशत संस्थागत मुद्दती ब्याजदर सार्वजनिक गरेको भेटिएको छ । भन्दा फरक पर्दैन । ब्याजदर बजारले निर्धारण गर्नुपर्दछ । यसमा दुई मत छैन तर, ब्याजदर महिनैपिच्छे बढाउदा कर्जाका लाखौ लाख ग्राहकलाई कस्तो असर हुन्छ त्यो बुझ्न जरुरी छ । उदाहरणका लागि ६ महिना अगाडी रामनामको व्यक्तिले कुनै वाणिज्य बैंकबाट १०.५ प्रतिशतमा लिएको कर्जा आजका मितिमा १३.५० प्रतिशत कर्जा ब्याजदर वाणिज्य बैंकहरुले दिएको अवस्था छ । यो ठगी नभए के हो ? त्यसबेला बैंकको मुद्दती डिपोजिट ब्याजदर ८÷९ प्रतिशत थियो । उनीहरुले १०.५० मा कर्जा दिए तर, आज किन १३.५० प्रतिशत ब्याज लिएका छन् । गर्भनर साब यो ठगी हो कि होइन । हेक्का होस् । तत्कालै छानवीन होस् ।

सानिमा बैंक लिमिटेडले म पंक्तिकारलाई १०.५० प्रतिशतमा ६ महिना अगाडी दिएको कर्जाको ब्याज अहिले १३.५० प्रतिशत पु¥याएको छ । यो दिनदहाडै ठगी गर्ने बैंक सानिमा बैंकका सीइको निश्चल राज पाण्डेलाई किन कारवाही हुँदैन । यो खोजीको विषय हामीले बनाएका छौं । त्यसबेला जुन डिपोजिट ब्याजमा पैसा उठाएर कर्जा दिइयो । त्यही ब्याज लिने हो किन ६ महिनापछि ३.५० प्रतिशत बढाईयो । के सानिमा बैंकलाई सबै कुरा गर्न छुट छ । गर्भनर साब हेक्का होस् । भनिन्छ वाणिज्य बैंकहरुको डिपोजिट खोसाखोसले नेपालको अर्थतन्त्र नै विरामी छ । शेयर बजार अब रातो बन्ने पक्का पक्की छ । तर, राष्ट्र बैंक किन बोल्दैन गर्भनर साब ? नेपालका वाणिज्य बैंकहरुलाई जे पनि गर्न छुट छ ? गर्भनर महाप्रसाद अधिकारीले हामी जस्ता निरिह जनतालाई यसको उत्तर अब दिनै पर्दछ कि कसो ? हेरौ कुन बैंकको मुद्दती डिपोजिट ब्याजदर कति छ त ?

प्रभु बैंक लिमिटेड
प्रभु बैंकले रेमिट्यान्स मुद्दति निक्षेपमा पैसा राख्दा १५.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।
बैंकले असोज महिनाका लागि जारी गरेको नयाँ ब्याजदरमा तीन महिना वा सो भन्दा बढीका लागि रेमिट्यान्सको पैसामा मात्रै लागू हुने ‘प्रभु उन्नती मुद्दति निक्षेप’मा १५.१३ प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइनेछ ।

नबिल बैंक लिमिटेड
नबिल बैंकले असोजमा दिने नयाँ ब्याजदर व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत पुर्याएको छ । त्यस्तै, बैंकले व्यक्तिगत निक्षेपमा ११.०३ देखि १२.१३ प्रतिशत ब्याजदर पुर्याएको छ । यता रेमिट्यान्स खातामा भने १३.१३ प्रतिशत पुर्याएको छ । यस्तै संस्थागत निक्षेपतर्फ भने १०.१३ प्रतिशत र बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

सेञ्चुरी बैंक लिमिटेड
सेञ्चुरी बैंकले पनि ब्याजदर बढाएको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने छ । रेमिट्यान्स खातामा १४.१३ प्रतिशत पुगेको छ । यसका लागि निक्षेपकर्ताले न्यूनतम १० हजारको खाता खोल्नुपर्ने छ ।
यस्तै संस्थागत निक्षेपतर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने देखिन्छ ।

माछापुच्छ्रे बैंक लिमिटेड
माछापुच्छ्रे बैंकले असोज महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ भने १०.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।
बैंकमा रेमिट्यान्स मुद्दति निक्षेप राख्दा भने १३.१३ प्रतिशत ब्याज पाइनेछ । बचततर्फ ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ । भन्दा फरक पर्दैन ।

हिमालयन बैंक लिमिटेड
हिमालयन बैंकले असोज महिनाका सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ भने १०.६३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।
बचततर्फ ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ । बचतमा जिरो ब्यालेन्सदेखि निश्चित रहम राखेर खाता खोल्न सकिने बैंकले जनाएको छ । हाल बैैंकको आधारदर ९.८८ प्रतिशत रहेको छ ।

एनआईसी एशिया बैंक लिमिटेड
एनआईसी एशिया बैंकले असोज महिनाका सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपकर्ताले १२.१३ प्रतिशत ब्याज पाउने भएका छन् ।
संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज रहेको छ । विप्रेषण मुद्दति निक्षेपमा भने १३.१३ प्रतिशत ब्याज पाइने बैंकले जनाएको छ । बचततर्फ ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

सिभिल बैंक लिमिटेड
सिभिल बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असोजमा व्यत्तिगत मुद्दती निक्षेपमा १०.१३ देखि १२.१३ प्रतिशत ब्याज पाइने छ ।
यस्तै संस्थागततर्फ १०.१३ प्रतिशत ब्याज रहेको छ भने विप्रषण मुद्दति निक्षेपमा १३.१३ प्रतिशत ब्याज रहेको छ । बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ भन्दा फरक पर्दैन ।

नेपाल इन्भेष्टमेण्ट बैैंक लिमिटेड
नेपाल इन्भेष्टमेण्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ ।
बैंकले रेमिट मुद्दतिमा १३.१३ र संस्थागत मुद्दतिमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१३ प्रतिशत ब्याज दिने भएको जनाएको छ ।

सानिमा बैंक लिमिटेड
सानिमा बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ ।
बैंकले रेमिट मुद्दतिमा भने १३.५१ र संस्थागत मुद्दतिमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशत ब्याज दिने भएको जनाएको देखिन्छ । तर, यो बैंकले पूराना ऋणीहरुलाई नयाँ ब्याजदरकै हिसाबले कर्जा ब्याजदर १३.५० प्रतिशत लिएको प्रमाण हामीसंग छ । गर्भनर साब हेक्क होस् । तत्कालै छानवीन गरी कारवाही होस् ।

एनएमबि बैंक लिमिटेड
एनएमबि बैंकले असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ भने १०.१३ प्रतिशत ब्याज दिने जनाएको छ ।
बैंकले बचतमा ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज दिनेछ । बचतमा जिरो ब्यालेन्सदेखि निश्चित रकम राखेर खाता खोल्न सकिने बैंकले जनाएको छ । बैैंकबाट ऋण लिँदा आधारदरमा ६ प्रतिशत प्रिमियर जोडिने छ । अहिले बैंकको आधारदर ९.९७ प्रतिशत रहेको देखिन्छ ।

मेगा बैंक लिमिटेड
मेगा बैंकले असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ । रेमिट्यान्स खातामा १३.१३ प्रतिशत र संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ ।
बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

प्राइम बैंक लिमिटेड
प्राइम बैंकले बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने छ ।
रेमिट्यान्स खातामा १४.१३ प्रतिशत पुगेको छ । यस्तै संस्थागत निक्षेपतर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज दिने देखिन्छ ।

एभरेष्ट बैंक लिमिटेड
एभरेष्ट बैंकले असोज महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ भने १०.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।
रेमिट्यान्स मुद्दति निक्षेपमा भने १३.१३ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । तीन महिना वा सो भन्दा बढी अवधिका लागि यस्तो निक्षेपमा १३.५० प्रतिशत ब्याज दिने जनाएको छ । बचततर्फ ७.१३ देखि ८.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

नेपाल एसबीआई बैंक लिमिटेड
नेपाल एसबीआई बैंकले असोज महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने छ ।
यस्तै संस्थागततर्फ १०.१३ र रेमिट्यान्स मुद्दती निक्षेपमा १०.१३ प्रतिशत ब्याज पाइने छ । यस्तै बचतमा ७.१३ प्रतिशत देखि ८.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

एनसीसी बैंक लिमिटेड
एनसीसी बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने छ । यता एनसीसी रेमिट सिल्भर फिक्स डिपोजिट एकाउन्टमा भने १५ प्रतिशत ब्याज दिने छ । संस्थागततर्फ भने १०.१३ प्रतिशत ब्याज रहेको छ । बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशत ब्याज दिने जनाएको छ । भन्दा फरक पर्दैन ।

कुमारी बैंक लिमिटेड
कुमारी बैंकमा व्यक्तिगत मुद्दति निक्षेपमा पैसा राख्नेले असोजबाट १२.१३ प्रतिशत ब्याज पाउनेछन् । यस्तै संस्थागत मुद्दति निक्षेपमा भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकले बचतमा ७.१३ देखि ९.१३ प्रतिशत ब्याज दिने छ ।

बैंक अफ काठमाण्डू लिमिटेड
बैंक अफ काठमाण्डूले असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ भने विप्रेषण निक्षेपमा १३.१३ प्रतिशत ब्याज दिने भएको छ ।
यस्तै संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज दिने देखिन्छ ।

स्ट्यान्डर्ड चार्टर्ड नेपाल लिमिटेड
स्ट्यान्डर्ड चार्टर्ड बैंकले असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ भने संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१५ देखि ७.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ भन्दा फरक पर्दैन ।

सनराइज बैंक लिमिटेड
सनराइज बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोजबाट व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ भने संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । यस्तै रेमिट मुद्दतीमा १४.१३ प्रतिशत ब्याज दिने छ ।
बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज दिने भएको देखिन्छ ।

कृषि विकास बैंक लिमिटेड
तोकिएको नयाँ ब्याजदर अनुसार कृषि विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने देखिन्छ ।
यस्तै बैंकले संस्थागत मुद्दतीमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१३ देखि ८.१५ प्रतिशत ब्याज दिने भएको जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले रेमिट मुद्दतिमा १३.१३ र संस्थागत मुद्दतिमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशत ब्याज दिने भएको जनाएको छ । जे भएपनि पूरानो डिपोजिटमा दिएको कर्जालाई नयाँ ब्याजदरसंग जोडेर ब्याजदर बढाउनु ठगी नै हो गर्भनर साब यो कस्तो बैकिङ्ग हो ? यसबारेमा हामीले खोजी शुरु गरेका छौं । हेक्का होस् । सचेत भया ।

10405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?