जोडिनुहोस
बिहिबार, माघ १६, २०८२
बिहिबार, माघ १६, २०८२

हालको खबर

  • होमपेज
  • शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा सुधार

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा सुधार

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा बैंकको नाफा र व्यवसायमा सकारात्मक वृद्धि देखिएको छ । नाफा र आम्दानीको अवस्था बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ४० करोड ४२ लाख ८० हजार ५१६ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ३३ करोड ८ लाख ५६ हजार ५६३ रुपैयाँ रहेको थियो ।बैंकको नाफामा उल्लेख्य वृद्धि भएको देखिन्छ । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलानामा २२.१९ प्रतिशतले बढी हो ।

बैंकको खुद ब्याज आम्दानी १ अर्ब २८ करोड ४० लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १ अर्ब ४६ करोड ९ लाख रुपैयाँ रहेको छ । निक्षेप तथा कर्जा प्रवाह बैंकको वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले ७३ अर्ब २१ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यसैगरी, बैंकले ५९ अर्ब ५३ करोड ८६ लाख रुपैयाँ कर्जा तथा सापटी प्रवाह गरेको छ ।
बैंकको कुल दयित्व तथा सम्पत्ति ८२ अर्ब ५५ करोड ३१ लाख रुपैयाँ पुगेको छ भने चुक्ता पुँजी ५ अर्ब २ करोड १९ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा २ अर्ब १८ करोड ४ लाख रुपैयाँ संचिति रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी (वार्षिकीकरण): १६.१० रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १४६.६० रपैयाँ हरेको छ । पूँजी पर्याप्तता अनुपात १३.०८ प्रतिशत छ भने मूल्य आम्दानी अनुपात –पिइ रेसियो) २५.०६ गुणा रहेको छ । बैंकको निष्क्रिय कर्जा ४.७५ प्रतिशत रहेको छ भने बेस रेट ६.१३ प्रतिशत रहेको छ । इन्ट्रेस्ट रेट स्प्रिट ४.१९ प्रतिशत रहेको छ । बैंकले आफ्नो रणनीति अन्तर्गत सञ्चालन दक्षता, डिजिटल सेवाको विस्तार, र जोखिम व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउँदै व्यवसायिक वृद्धि गर्ने लक्ष्य राखेको छ ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?