जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ग्लोबल आइएमई बैंकले कार्यालय समय थप्यो

ग्लोबल आइएमई बैंकले कार्यालय समय थप्यो

असार मसान्तमा हुने बैंकिङ कारोबारको चापलाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंकले कार्यालय समय थप गरेको छ ।

आइतबारदेखि बिहीबारसम्म साँझ ५ देखि ७ बजेसम्म सन्ध्या काउण्टरमार्फत् अतिरिक्त समयसम्म बैंकिङ सेवा उपलब्ध हुने जानकारी बैंक व्यवस्थापनले दिएको छ । साथै शुक्रबार दिउँसो साढे दुई बजेदेखि बेलुकी ५ बजेसम्म सेवा समय थप गरिएको छ ।

बैंकले सात वटै प्रदेशका सीमित बैंक शाखाहरुबाट मात्र अतिरिक्त समयसम्म बैंकिङ सेवा उपलब्ध हुने जानकारी दिएको छ । काठमाण्डौं उपत्यकाभित्र कान्तिपथ, गोंगबु, धापासी, संखमूल, न्यूरोड, चाबहिल, ठमेल, कुलेश्वर, कोटेश्वर, कलंकी, कुमारीपाटी र सूर्यविनायक सहित १४ वटा शाखाबाट अतिरिक्त समय सेवा प्रदान गरिने बैंकले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

2870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका