जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • सानिमा बैंकले २ अर्ब रुपैयाँको सेयर निष्कासन गर्ने

सानिमा बैंकले २ अर्ब रुपैयाँको सेयर निष्कासन गर्ने

सानिमा बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंकलाई २ अर्ब रुपैयाँको २ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्न बुधबार अनुमति दिएको हो।

सेबोनबाट अनुमति पाएसँगै बैकले अब वार्षिक ८.२५ प्रतिशत प्रतिफल भएको सानिमा ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्नेछ। सेयर मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको छ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल छ। अविमोच्य असञ्चिति अग्राधिकार सेयर अवधि नतोकिएको तर निश्चित प्रतिशतको लाभांश दर प्रदान गर्न सक्ने विशेषता भएको पुँजी बजार उपकरण हो।

परिपत्र विधिबाट निष्कासन हुने यो सेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउने छन्। व्यक्तिगत लगानीकर्ता, सामूहिक लगानी योजना र सेबोनबाट अनुमति पाएका धितोपत्र व्यवसायीले यसमा लगानी गर्न पाउँदैनन्।

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थापक समूहको साधारण सेयरमा परिवर्तन हुने सम्भावना रहन्छ। यस्तै वितरणयोग्य मुनाफा आर्जन गरेको वर्ष मात्र कम्पनीले लाभांश वितरण गर्छ।

नोक्सानीमा रहेको वर्ष र सञ्चित मुनाफाबाट लाभांश वितरण गर्न नसक्ने भएकोले यसलाई असञ्चिति प्रकृतिको अग्राधिकार सेयर भनिएको हो।

180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?