जोडिनुहोस
सोमवार, मंसिर २५, २०८०
सोमवार, मंसिर २५, २०८०

हालको खबर

  • होमपेज
  • गरिमा विकास बैंकले ल्यायो हरितालिका तीज विशेष गीत, टिकटक प्रतियोगिता पनि सार्वजनिक

गरिमा विकास बैंकले ल्यायो हरितालिका तीज विशेष गीत, टिकटक प्रतियोगिता पनि सार्वजनिक

गरिमा विकास बैंक लिमिटेडले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरी तीज विशेष गीत सार्वजनिक गरेको छ।

करिब ३ मिनेट लामो उक्त गीतमा लोकगीत गायक एवं संगीतकार घनश्याम रिजालको शब्द र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ। बैंकको आधिकारिक युट्युब च्यानल र टिकटकबाट उक्त गीत हेर्न र सुन्न सकिनेछ।

यसका साथै हरितालिका तीजलाई अझ विशेष बनाउन हेतु बैंकले तीज विशेष टिकटक प्रतियोगिता ‘गरिमा तीज’ पनि सार्वजनिक गरेको छ। बंैकले जारी गरेको तीज विशेष गीतमा टिकटक भिडियो बनाउनेमध्ये सबैभन्दा धेरै लाइक आउने उत्कृष्ट १० भिडियोहरुमध्ये प्रथमलाई रु. ३० हजार, द्वितीयलाई रु. २० हजार तृतीयलाई रु. १० हजार र बाँकी ७ वटा भिडियोलाई जनही रु. ५ हजार सान्त्वना पुरस्कार राशि प्रदान गरिनेछ।

यस टिकटक प्रतियोगितामा भाग लिने प्रतियोगिहरुले भिडियो बनाउँदा गरिमा विकास बैंकले तोकेको सम्पूर्ण नियम तथा सर्तहरुको पूर्ण पालना गर्नुपर्ने हुन्छ।

हाल बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५० एटीएम र डिजिटल बैंकिङ (गरिमा डिजी बटुवा, डेबिट/क्रेडिट कार्ड, स्मार्ट क्यूआरलगायत) मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?