जोडिनुहोस
सोमवार, माघ २७, २०८२
सोमवार, माघ २७, २०८२
  • होमपेज
  • सरकारको खातामा नगद मौज्दात बढ्दै !

सरकारको खातामा नगद मौज्दात बढ्दै !

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनासम्म नेपाल सरकारको खातामा २ खर्ब २ अर्ब ९७ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ। यो तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

राष्ट्र बैंकका अनुसार, यस रकममा संघीय सरकारसँगै प्रदेश तथा स्थानीय सरकारका खातामा रहेको नगद पनि समावेश छ। चालु आवको पुस मसान्तसम्ममा सरकारको कुल खर्च ६ खर्ब ९० अर्ब २२ करोड पुगेको छ। चालु खर्च ४ खर्ब ८७ अर्ब १४ करोड, पुँजीगत खर्च ४९ अर्ब ४३ करोड, र वित्तीय व्यवस्थापन खर्च एक खर्ब ५३ अर्ब ६५ करोड रहेको तथ्यांकमा उल्लेख छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा खातामा एक खर्ब ९६ अर्ब ५४ करोड रुपैयाँ नयाँ नगद थपिएको छ। तुलना गर्नुपर्दा, गत असार मसान्तमा सरकारी नगद मौज्दात एक खर्ब ४९ अर्ब ८३ करोड मात्र थियो।

सरकारको कुल आम्दानी, कर र गैरकर राजस्व तथा प्रदेश र स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत ५ खर्ब ७७ अर्ब ४० करोड पुगेको छ। यसमा कर राजस्व ५ खर्ब १६ अर्ब १२ करोड र गैरकर राजस्व ६१ अर्ब २८ करोड रहेको छ।

25
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका