जोडिनुहोस
मङ्लबार, माघ २८, २०८२
मङ्लबार, माघ २८, २०८२
  • होमपेज
  • आइएमई ग्रुपमा कतारको व्यवसायिक प्रतिनिधिमण्डल

आइएमई ग्रुपमा कतारको व्यवसायिक प्रतिनिधिमण्डल

नेपाल भ्रमणमा रहेका कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैद्लीको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई आज आइएमई ग्रुपमा स्वागत गरिएको छ। त्यसबीच नेपाल र कतारबीचको द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो।

सो अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले ग्रुपको समग्र पोर्टफोलियो तथा लगानी विस्तारका विषयमा प्रतिनिधिमण्डललाई विस्तृत जानकारी गराएका थिए। ढकालले रेमिटेन्स, बैंकिङ, बीमा, सूचना प्रविधि, ऊर्जा, पर्यटन तथा हस्पिटालिटी, उद्योग, व्यापार, अटोमोटिभ, खेलकुद र शिक्षा लगायतका विविध क्षेत्रहरूमा आइएमई ग्रुपले गरिरहेको लगानी विस्तार, उपलब्ध सेवा तथा सहकार्यका अवसरबारे जानकारी दिएका थिए।

साथै, नेपालमा लगानी विस्तार गर्दा छिमेकी चीन, भारत र बंगलादेशजस्ता ठूला बजारसम्म सहज पहुँच हुने भएकाले नेपालमा उल्लेखनीय लगानी सम्भावना रहेकोतर्फ पनि उनले प्रतिनिधिमण्डलको ध्यानाकर्षण गराएका थिए।

नेपाल भ्रमणका क्रममा प्रतिनिधिमण्डलले सरकार तथा निजी क्षेत्रका विभिन्न निकायहरूसँग दुई देशबीचको आर्थिक सम्बन्ध, बैंकिङ तथा लगानी प्रवर्द्धन, साथै द्विपक्षीय लगानी र सहकार्यका विषयमा छलफल गरिरहेको छ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका