
रान तथा गल्फ क्षेत्रमा बढ्दो सुरक्षा चिन्ताका कारण विश्वका प्रमुख एयरलाइन्सहरूले उडान डाइभर्ट वा रद्द गर्ने निर्णय गरेका छन्। सबै कम्पनीहरूले यात्रुहरूसँग क्षमा माग्दै सुरक्षालाई प्राथमिकता दिएको बताएका छन्। इजरायल र अमेरिकाले संयुक्त रुपमा इरानमा हमला गरेपछि इरानले पनि त्यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा आक्रमणको प्रयास गरेको छ। सोही कारण सो क्षेत्रको आकाश असुरक्षित हुँदा हवाई सेवा प्रदायकहरूले उडान रद्द गरेका हुन्।
भर्जिन एटलान्टिकले लन्डनको हिथ्रोबाट दुबई जाने आफ्नो भीएस४०० सेवा रद्द गरेको जनाएको छ। उसले माल्दिभ्स, भारत र साउदी अरेबियातर्फका उडानहरूमा नयाँ रुट प्रयोग गर्नुपर्ने भएकाले यात्रा अवधि लम्बिन सक्ने चेतावनी दिएको छ। ब्रिटिश एयरवेजले तेल अविव र बहरेनका उडानहरू बुधबारसम्म रद्द गरेको छ। आज अम्मान जाने उडान पनि स्थगित गरिएको छ।
गएराति ८ बजे समयमै उडेको बीए१२३ उडान दोहातर्फ जाँदै गर्दा बाटोको एक तिहाइ दूरी पुगेपछि फर्कन आदेश दिइएको थियो। केही घण्टापछि २०० भन्दा बढी यात्रुहरू पुनः लन्डन नै उत्रिएका थिए। विज एयरले इजरायल, दुबई, अबुधाबी र अम्मानका सबै उडानहरू तुरुन्तै अर्को शनिबारसम्मका लागि स्थगित गरेको गरेको छ। साउदी अरेबियातर्फका उडानहरू मंगलबारसम्म रद्द गरिने बताइएको छ।
इमिरेट्सले पनि अस्थायी रूपमा आफ्नो उडान रोकेको छ। लुफ्टहान्जा, एयर इन्डिया र टर्किस एयरलाइन्सले पनि उक्त क्षेत्रमा उडान रद्द गरेको घोषणा गरेका छन्।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


































































