जोडिनुहोस
शनिबार, असार १३, २०८३
शनिबार, असार १३, २०८३
  • होमपेज
  • नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्जमा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। सोमबार एनआरएन इन्फ्रास्ट्रक्चर डेभलमेन्ट, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको हो।

एनआरएन इन्फ्रास्ट्रक्चरको ५१ लाख ३७ हजार ४८९ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ। कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ४० प्रतिशत बोनस सेयर वितरण गरेको छ।

यस्तै, साइन रेसुङ्गा डेभलपमेन्टको १४ लाख ६२ हजार ७१० कित्ता बोनस सेयर सूचीकृत भएको हो। यो बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर वितरण गरेको छ।

युनाइटेड हाइड्रोपावरको २ लाख ३० हजार ४१२ कित्ता सेयर थपिएको छ। कम्पनीले गत वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

सूचीकृत भएको बोनस सेयर मंगलबारदेखि कारोबारमा आउनेछ।

560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका