जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको सञ्चालकमा जनक शर्मा पौड्याल

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सञ्चालकमा जनक शर्मा पौड्याल

स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र सञ्चालकमा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैठकले पौड्याललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको नियुक्ति बिहीबारदेखि लागू भएको कम्पनी सचिव गोपी भण्डारीले जानकारी दिए । उनलाई पूर्वस्वतन्त्र सञ्चालक सिद्धान्तराज पाण्डेको स्थानमा नियुक्त गरिएको उनले बताए ।

पौड्यालसँग ग्लोबल आइएमई बैंक र साबिक सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा काम गरेको अनुभव छ । उनले बेलायतको लण्डन स्कुल अफ कमर्सबाट एमबीए डिग्री हासिल गरेका छन्।

205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्