जोडिनुहोस
बुधबार, असार १७, २०८३
बुधबार, असार १७, २०८३
  • होमपेज
  • महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–५ को उपाधि प्राइम कमर्सियल बैंकलाई

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–५ को उपाधि प्राइम कमर्सियल बैंकलाई

महालक्ष्मी विकास बैंकको ३२औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५’ सम्पन्न भएको छ । चार दिनसम्म काठमाडौंमा सञ्चालन भएको प्रतियोगितामा प्राइम कमर्सियल बैंक लिमिटेडले उपाधि जित्दै च्याम्पियन बन्न सफल भएको हो ।

जेठ १७ गतेदेखि जेठ २० गतेसम्म भएको उक्त प्रतियोगितामा माछापुच्छ्रे बैंक लिमिटेड उपविजेता बनेको छ । प्रतियोगितामा ९ वाणिज्य बैंक, ७ विकास बैंक, ३ वित्त कम्पनी, १ लघुवित्त कम्पनी, ३ बिमा कम्पनी र १ मर्चेन्ट बैंक गरी कुल २४ टिमको सहभागिता रहेको थियो ।

विजेतालाई ट्रफी हस्तान्तरण कार्यक्रम शुक्रबार (२०८३/०२/२२) सम्पन्न भएको छ। कार्यक्रममा पूर्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा विजेता प्राइम कमर्सियल बैंकलाई च्याम्पियन ट्रफी तथा माछापुच्छ्रे बैंकलाई उपविजेता ट्रफी प्रदान गरिएको हो ।

व्यक्तिगत विधातर्फ लुम्बिनी विकास बैंकका लक्ष्मण प्रधान उत्कृष्ट फिल्डर घोषित भए भने सानिमा जिआईसी इन्स्योरेन्सका अनिल भुजेल उत्कृष्ट विकेटकिपर बने । नेपाल बैंक लिमिटेडका मोहनकुमार श्रेष्ठ उत्कृष्ट बलर तथा माछापुच्छ्रे बैंकका सृजन सुवेदी उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) प्राइम कमर्सियल बैंकका कृतार्थ शाक्य बनेका छन् । फेयर प्ले अवार्ड सानिमा जिआईसी इन्स्योरेन्सले हात पारेको छ ।

महालक्ष्मी विकास बैंकले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, सहभागी टोली तथा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ ।

170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?