जोडिनुहोस
मङ्लबार, साउन ५, २०८३
मङ्लबार, साउन ५, २०८३
  • होमपेज
  • ज्योति क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त

ज्योति क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त

ज्योति क्यापिटल लिमिटेडको सम्पन्न सञ्चालक समितिले बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई क्यापिटलको अध्यक्ष पदमा नियुक्त गरेको छ । बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्ष भन्दा बढीको अनुभव बोकेका कपिल ढकाल ज्योति क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा चयन हुनुभएको छ ।

प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् रहेका कपिल ढकालसंग डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव रहेको छ । यसका साथै, उहाँले एनआईसी एसिया क्यापिटल लिमिटेड तथा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्षको रुपमा सफल कार्यकाल बिताउनु भएको थियो ।

नव–नियुक्त सञ्चालक समितिका अध्यक्ष कपिल ढकालको यस क्षेत्रमा रहेको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान गर्नुहुनेछ भन्नेमा यस क्यापिटल विश्वस्त रहेको छ ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । यस क्यापिटलले चालु आ.व.२०७९÷८० को तेस्रो त्रैमाससम्म रु.१ करोड २४ लाख ७१ हजार ३ सय ९ रुपैया मुनाफा गरेको छ । साथै, हरेक ग्राहकहरुको समृद्धिको ज्योति बन्ने अभिलाषा बोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी पूर्ण संचालनमा आउने क्रममा रहेको छ ।

3040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार