जोडिनुहोस
मङ्लबार, जेष्ठ २६, २०८३
मङ्लबार, जेष्ठ २६, २०८३
  • होमपेज
  • राजदरबार हत्याकाण्डको फाइल खोल्ने

राजदरबार हत्याकाण्डको फाइल खोल्ने

गृहमन्त्री सुधन गुरुङले पदभार सम्हाल्दै चार महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन् ।

पदभार ग्रहणका क्रममा उनले आफूमाथि जस्तोसुकै आरोप लगाए पनि सहन सक्ने तर नेपाली चेलीहरूमाथि हुने अन्याय र पीडा असह्य हुने बताएका छन्। उनले तथ्यबिनाका आरोप र मिडिया ट्रायलका कारण कुनै व्यक्तिलाई आत्महत्या गर्ने अवस्था आउन नहुनेमा समेत जोड दिएका छन् ।

उनका अनुसार २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरिएको छ । सो घटनाबारे यसअघि तयार भएका प्रतिवेदनहरूको अध्ययन गर्दै आवश्यक प्रक्रिया अघि बढाइने उनले बताएका छन् ।

जेनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता लिने विषयमा पनि अध्ययन गर्ने निर्णय गरिएको छ ।

गृहमन्त्री गुरुङले केन्द्रीय अनुसन्धान ब्यूरोलाई अझ सुदृढ बनाउने, छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंग्याउने र विभिन्न फाइलहरू पुनः खोल्ने निर्णयसमेत गरेका छन् ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?