जोडिनुहोस
मङ्लबार, असार ३०, २०८३
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • मन्त्री पोखरेल रास्वपा केन्द्रीय सदस्यको उम्मेदवार

मन्त्री पोखरेल रास्वपा केन्द्रीय सदस्यको उम्मेदवार

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीको केन्द्रीय सदस्यमा उठ्ने पक्का गरेका हुन्।

पोखरेलले पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धता जनाएका छन्। फेसबुक पोस्टमा उनले लेखेका छन्, ‘केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएको जानकारी गराउन चाहन्छु, यहाँहरूको विश्वास र समर्थनको अपेक्षा गर्दछु।’

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमा शिक्षा मन्त्री तथा सरकारको प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका पोखरेल रास्वपाको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद हुन्। निर्वाचनका बेला ‘हट सिट’मा आफ्नो चुनावी अभियान शैलीका कारण चर्चामा रहेका उनी विषयवस्तुको गहिरो अध्ययन र शालीन प्रस्तुतिका कारण सबैमाझ लोकप्रिय मानिन्छन्।

चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत बन्द सत्रबाट प्रतिवेदन पास भएपछि मंगलबारदेखि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ।

130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका