जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीको सम्मानः प्रतिखेलाडी ३ लाख दिने घोषणा

नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीको सम्मानः प्रतिखेलाडी ३ लाख दिने घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टीमका खेलाडीलाई जनही तीन लाख पुरस्कारको घोषणा गरेका छन् । शुक्रबार बिहान बालुवाटार बोलाएर प्रधानमन्त्रीले खेलाडी, प्रशिक्षकसहित क्यानका पदाधिकारीलाई बधाई दिनुका साथै सरकारले प्रति खेलाडी जनही तीन लाख पुरस्कार दिने घोषणा गरेका हुन् ।

विजेता खेलाडीहरूलाई सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले नेपालको जितप्रति खुसी व्यक्त गरेका छन् । ‘मलाई अत्यन्त खुसी लागेको छ । यो जित खेलाडीको मात्र होइन समग्र देशकै जित हो ।’, उनले भने, ‘यो जितले देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु ।’

जितको शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले विश्वकप छनोटका लागिसमेत शुभकामना दिएका छन् । यसअघि पनि सरकारले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुलाई जनही दुई लाख राशीले पुरस्कृत गरिसकिएको उल्लेख गर्दै प्रधानमन्त्रीले पुनः प्रति खेलाडी तीन लाख पुरस्कार प्रदान गर्ने घोषणा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

1315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका