जोडिनुहोस
मङ्लबार, असार १६, २०८३
मङ्लबार, असार १६, २०८३
  • होमपेज
  • प्रभु बैंकद्वारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंकद्वारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत त्रिभुवन बिश्वबिद्यालयको व्यवस्थापन केन्द्रीय विभाग, कीर्तिपुरलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको छ। शिक्षामा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले प्रदान गरिएको डिजिटल बोर्डले डिजिटल शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, अन्तरक्रियात्मक तथा प्रविधिमैत्री बनाउन सहयोग पुग्ने बैंकले जनाएको छ।

डिजिटल बोर्ड हस्तान्तरण कार्यक्रममा प्रभु बैंकका प्रमुख बजार व्यवस्थापक दीपेन्द्र बाबु बिष्ट, मार्केटिङ म्यानेजर सबिन राणा तथा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रोफेसर भवानी शंकर आचार्य, डा. सुनिता भण्डारी लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो।

बैंकले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

हाल प्रभु बैंकले देशभर ३०० शाखा, २६५ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाख ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नारासहित बैंकले गुणस्तरीय सेवा विस्तारलाई निरन्तरता दिएको जनाएको छ।

 

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका