जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • यूनियन लाइफका बीमितहरुले अनलाइनबाट बीमाशुल्क रकम भुक्तानी गर्न पाउने..?

यूनियन लाइफका बीमितहरुले अनलाइनबाट बीमाशुल्क रकम भुक्तानी गर्न पाउने..?

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमितहरुले अनलाइन सेवा प्रदायक कम्पनीहरु कनेक्ट आइपिएस, खल्ती र सेल पे बाट जुनसुकै प्रकारको बीमाशुल्क रकम भुक्तानी गर्न पाउने भएका छन् ।
यूनियन लाइफले हालै अनलाइन सेवा प्रदायक कम्पनीहरु कनेक्ट आइपिएस, खल्ती र सेल पे संग बीमाशुल्क भुक्तानी सम्बन्धी संझौता गरेको छ । यो संझौता भए संगै कम्पनीका बीमितहरुले घरमै बसेर प्रथम बीमाशुल्क, नबिकरण बीमाशुल्क तथा बीमालेख अन्तर्गतको ऋण लगायत सबै प्रकारका शुल्कहरु भुक्तानी गर्न सक्ने भएका छन् ।
यसैगरी उक्त अनलाइन सेवा प्रदायकहरुबाट अभिकर्ताहरुले समेत रकम भुक्तानी गर्न सक्ने ब्यवस्था गरिएको छ । बीमित तथा अभिकर्ताहरुले घरमा बसेर नै बीमाशुल्क भुक्तानी गर्ने ब्यवस्था गरिएको कारण कम्पनीको बीमा सेवा उपभोग गर्न निकै सहज हुने कम्पनीले जनाएको छ ।
लकडाउनको जटिल अवस्थामा अनलाइन भुक्तानीबाट बीमित तथा अभिकर्ताहरुले फाईदा लिने कम्पनीले अपेक्षा गरेको छ । आगामी दिनमा बीमित तथा अभिकर्ताहरुलाई फाइदा पुग्ने गरी थप प्रविधियुक्त सेवा सुविधाहरु उपलब्ध गराउदै जाने कम्पनीले जानकारी दिएको छ । देशब्यापी रुपमा शाखा संजाल बिस्तार गरेको यूनियन लाइफले बीमा क्षेत्रमा समेत छोटो अवधिमा स्थापित हुन सफल भएको छ ।

9295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?