जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बैंकका सीइओ साबहरु मंहंगो जागिरबाट किन भटाभट राजीनामा दिदैछन् ?

बैंकका सीइओ साबहरु मंहंगो जागिरबाट किन भटाभट राजीनामा दिदैछन् ?

केही महिना अगाडी माछापुच्छ्रे बैंकका सीइओद्वय निरज श्रेष्ठ र सुमन शर्माले राजीनामा दिए । यसको लगतै ग्लोबल आईएमई बैंकका सीइओ जनक शर्मा पौडे्लले राजीनामा दिए । यी त पात्र मात्र हुन् ।

नेपालको सबैभन्दा ठूलो चुक्ता पूँजी भएको ग्लोबल आईएमई बैंकका सीइओ पर्शुराम कुँबर क्षेत्री र महालक्ष्मी विकास बैंकका सीइओ कृष्णराज लामिछानेले साउन १ गतेबाट लागु हुने गरि राजिनामा दिएको चर्चा बजारमा चलेको छ ।
किन बैंकको महंगो जागिरबाट सीइओहरुले भटाभट राजिनामा दिइरहेका छ ।

यसबारे राष्ट्र बैंक बेखबर छ त ? छैन तर, चुपचाप छ भनिरहेको छ । सीइओ राख्ने जिम्मा बैंकको संचालक समितिको हो । हामीले हस्तक्षेप गर्न पाउँदैनौ । ठीक छ पाइदैन तर, नियमनकारी निकायले सोध्न त सक्दछ होला नि कारण के हो ? दुश्मनी मोल्न राष्ट्र बैंकका हाकिम चाहदैनन् रे एक पूर्व सीइओले नाम नलेख्ने शर्तमा पंक्तिकारलाई बताएका यी माथीका अभिव्यक्ति हुन् ।

भनिन्छ पैसा राखेर बैक खोल्ने प्रोमोटरहरुबाट संचालक र बैंकको अध्यक्ष बनेकाहरुको चर्को हस्तक्षेप बढ्दै गएपछि ४ वर्ष ढुक्क जागिर खाने कागज घर्रामा चावी लगाएर राखेका सीइओ साबहरुले १÷२ वर्ष नपुग्दै राजीनामा दिनुको पछाडी के कारण छ ? सञ्चालकहरुको बढ्दो हस्तक्षेप र दादागिरी अब चाहि यति भन्दा फरक पर्दैन ।

महालक्ष्मी विकास बैंकका सिईओ कृष्णराज लामिछानेले यही असार २४ गते राजिनामा दिएको समाचार बाहिर आयो । असार २५ गते ग्लोबल आईएमई बैंकका सिईओ परशुराम कुँवर क्षेत्रीले भावुक स्टाटस् लेख्दै साउन १ गतेदेखि लागू हुने गरी राजिनामा स्वीकृति भएको सार्वजनिक गरे । असार २३ गते आईएमई लाईफका सिईओ श्रीचन्द्र भट्टको राजिनामा स्वीकृत भएको समाचार बाहिर आयो ।

असारको तेस्रो सातापछि श्रंखलाबद्ध रुपमा बैंक तथा बीमा कम्पनीका सिईओहरुले राजिनामा दिनुको पछाडिको मुख्य कारण हो– सञ्चालक समितिले व्यवस्थापनलाई अनावश्यक दवाव दिनु । महालक्ष्मी विकास बैंकका सिईओ लामिछानेले सञ्चालक समितिको चर्को दवाव थेग्न नसकेपछि राजिनामा दिएको उनी निकटस्रोतको दाबी छ ।

त्यस्तै केही दिन अगाडी राजिनामा स्वीकृत भएको घोषणा गरेको ग्लोबल आईएमई बैंकका सिईओ परशुराम क्षेत्रीको स्टाटस हेर्दा सञ्चालक समितिले दवाव मात्रै नभएर इमान्दार, आदर्शवान र नैतिकवान व्यक्तिलाई सिईओको जागिर दिएको नाममा अनैतिक कार्य गराउन लगाएको पुष्टि हुन आउँछ । उनको भावुक स्टाटसमा आगामी जेठ मसान्तसम्म समयवधी भएपनि छोड्नु पर्दा पीडा महसुस भएको उल्लेख गरेका छन् । सिईओ कुँवरको स्टाटसमा नेपाली बैंकका सञ्चालकहरुको अनुहार झल्किन्छ र हस्तक्षेप भएको प्रस्टै छल्कीन्छ ।

व्यवस्थापनमाथि सञ्चालकहरुले दवाव दिने परम्परा नेपालको बैंक तथा बीमा क्षेत्रको पुरानै रोग हो । सञ्चालक समितिकै हस्तक्षेपका कारण विगतमा धेरै बैंक तथा वित्तीय संस्थाहरुले अप्ठेरो अवस्थाको सामना गरिसकेका छन् । कुनै जमानामा राम्रो चलेका एनसीसी बैंक र नेपाल बंगलादेश बैंकलाई सञ्चालकहरुले दोहन गरेकै कारण अहिलेसम्म राम्रोसँग उठ्न सकेको देखिदैन । त्यस्तै सिभिल बैंक पनि सञ्चालकहरुको दोहनमा परेको अर्को बैंक हो । घरेलु विकास बैंकका सिताराम प्रसाईलाई बैंक दोहन गरेको अभियोगमा खुलामञ्चमा पुर्याएर जुत्ताको माला लगाइएको इतिहास पनि नभएको होइन । यी त पात्र मात्रै हुन् । गर्भनर साब ?

भ्रष्ट चरित्र भएका, व्यक्तिगत, समुहगत लाभ हेर्ने केही खराब व्यक्तिहरुका कारण सिंगो बैंक तथा बीमा क्षेत्र बदनाम बन्ने खतरा बढेको छ । व्यक्तिगत लाभका लागि बैंकको निक्षेप दुरुपयोग गर्ने र त्यसको अपजस व्यवस्थापन माथि पर्ने हुँदा समय समयमा बैंकहरुमा सञ्चालक र व्यवस्थापनबीच झगडा पर्ने गर्दछ । भुक्तभोगीहरुका अनुसार सञ्चालकहरुले सिईओहरुलाई हुँदै नहुने, दिनै नहुने ठाउँमा अनैतिक तरिकाले ऋण प्रवाह गर्न दवाव दिने गर्दछन् । त्यस्तै, आफूले कमिशन खाएर विभिन्न लिलामहरुमा सेटिङ गर्ने, खरिदमा मिलाउने इत्यादि अनैतिक काममा दवाव दिने गर्दछन् ।

कतै कतै सञ्चालकहरुले मुनाफा बृद्धि गर्न दवाव दिने गर्दछन् । केही करोड लगानी गरी अध्यक्ष, सञ्चालक बनेकाहरु पुरै बैंक नै आफ्नै हो भन्ने शैलीमा प्रस्तुत हुँदा सिईओहरुले अपमान महसुस गर्दै जागिर छोडेको समेत इतिहासहरुमा प्रसस्तै छ गर्भनर सब ? समय अझै छ । ख्याल रहोस् । सोधपुछ होस्, हेक्का होस् ।

नेपालमा कोरोना महामारीको समयमा मानवीयताका आधारमा र सरकारी उदारताका कारण बैंक तथा वित्तीय संस्थाहरुले यस पटक चाहेर पनि धेरै मुनाफा खुवाउन सक्ने अवस्था छैन । तर, व्यवस्थापन पक्ष जसरी पनि मुनाफा खोज्ने गरेका कारण वैचारिक रुपमा समेत व्यवस्थापन पक्ष र सञ्चालक समितिबीच मतभेद हुने देखिन्छ ।

बैंक, वित्तीय संस्थाहरु सार्वजनिक निकाय भएको र सर्वसाधारणले जम्मा गरेको निक्षेपको योगदान भुलेर कारण उनीहरुको लगानीले मात्रै मुनाफा आर्जन गरेको भन्ने दम्भ पाल्नु र मुनाफाकै लागि मात्रै दवाव दिनु कति उचित हुन्छ गर्भनर साब ? बैंक, बीमा र वित्तिय कम्पनीहरुलाई नियमन गर्ने निकाय नेपालमा छन् । उनीहरु किन बोल्दैनन् । किन स्पष्टीकरण सोध्दैनन् ? यसको पछाडीको कारण हो दशैं तिहारको कोशेली भन्दा अब चाहि फरक पर्दैन । सचेत भया ।

15975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका