जोडिनुहोस
सोमवार, कार्तिक १२, २०८१
सोमवार, कार्तिक १२, २०८१
  • होमपेज
  • कामना सेवाकोे ६८ औं शाखा जनकपुरमा

कामना सेवाकोे ६८ औं शाखा जनकपुरमा

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा धनुषा जिल्लाको जनकपुर उप महानगरपालिका वडा नं ९ स्थित पिडारी चोकमा आफ्नो ६८औं शाखा कार्यालय सञ्चालन गरेको छ ।

उपमहानगरपालिका मेयर लालबहादुर साह तथा बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा एटिएम र शाखाको कारोबार शुभारम्भ गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको संक्षिप्त जानकारी दिँदै प्रदेश नं २ मा यो सँगै ४ वटा शाखा पुगिसकेको र व्यापार बिस्तारलाई तीव्रता दिने उद्देश्य सहित बैंकले थप शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको काम भईरहेको बताए ।

बैंकले यसै सप्ताहन्तरमा ४ वटा शाखा सञ्चालनमा खोल्नुले पनि बैंक आक्रमक रूपमा शाखा विस्तार गरि रहेको देख्न सकिन्छ ।

4745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका