समाचार
बीमा रकम भुक्तानी हुन नसकेपछि स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशकद्वारा राजीनामा
0 टिप्पणी

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएका छन्। उनले आइतबार स्वास्थ्य मन्त्रालयमा राजीनामा बुझाए । काफ्ले पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलका पालामा बिमा बोर्डमा कार्यकारी निर्देशक नियुक्त भएका थिए ।
स्वास्थ्य बिमाको दायित्वबापत सरकारले तिर्नुपर्ने रकम भुक्तानी नभएर धेरै अस्पतालमा स्वास्थ्य बीमा बन्द भएका छन् । सरकारले विभिन्न सेवा प्रदायक संस्थाहरूलाई ११ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ।सरकारबाट रकम नपाएको भन्दै अस्पतालहरूले उक्त सेवा नै बन्द गर्ने घोषणा गरीरहेका बेला उनको राजीनामा आएको हो ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार



































































