जोडिनुहोस
बुधबार, माघ १५, २०८२
बुधबार, माघ १५, २०८२
  • होमपेज
  • समृद्धि र पोखरा फाइनान्स गाभिन साधारणसभाबाट अनुमति

समृद्धि र पोखरा फाइनान्स गाभिन साधारणसभाबाट अनुमति

समृद्धि फाइनान्स र पोखरा फाइनान्सले बराबरी सेयर अनुपातमा मर्ज हुने प्रस्ताव साधारणसभाबाट पारित गरेका छन्। दुबै संस्थाको बुधबार सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव अनुमोदन गरेको हो।

सभाले संयुक्त मर्जर समितिले निर्धारण गरेको १:१ सेयर अनुपातलाई पनि अनुमोदन गरेको छ। गत साउनमा समृद्धि फाइनान्स र पोखरा फाइनान्सले गाभ्ने/गाभिने (मर्जर) प्रयोजनको समझदारी गरेका थिए।

मर्जर प्रक्रिया अघि बढाउन संयुक्त मर्जर समितिले दुवै संस्थाका सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्त गरेको थियो। मूल्यांकनकर्ताले दुवै वित्तीय संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको प्रतिवेदन तयार पारेको थियो। त्यो प्रस्ताव साधारणसभाले पारित गरेको हो।

पोखरा फाइनान्सको मुख्य कार्यालय पोखराको न्युरोडमा छ भने समृद्धिको हेटौंडामा छ। मर्जर पश्चात पोखरा फाइनान्स लिमिटेडकै नाममा कारोबार गर्ने र मुख्य कार्यालय काठमाडौंमा सार्ने योजना छ।

साधारणसभाले अनुमोदन गरेलगत्तै दुबै संस्थाले अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिने तयारी गरेका छन्। राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि दुबै संस्था गाभिएर ‘पोखरा फाइनान्स लिमिटेड’ का नामबाट कारोबार थाल्ने छन्।

मर्जरपछि अध्यक्ष समृद्धि फाइनान्सबाट हुनेछन्। सञ्चालक समितिमा ४ जना समृद्धि र ३ जना पोखरा फाइनान्सबाट सदस्य हुने छन्।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका