आर्थिक विशेष
कर्पोरेट एक्सिलेन्सअन्तर्गत उत्कृष्ट नेतृत्वका रुपमा मिन बहादुर गुरुङ र प्रमिला आचार्य सम्मानित

कर्पोरेट एक्सिलेन्स २०२५ अन्तर्गत महिला नेतृत्वतर्फ प्रमिला आचार्य रिजाल र पुरुष नेतृत्वतर्फ मिन बहादुर गुरुङ सम्मानित भएका छन्।
कर्पोरेट क्लब नेपालले ‘अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ र ‘अवार्ड फर डिसटिङ्गुइस्ट सर्भिसेस २०२५’ को पाँचौँ संस्करणअन्तर्गत शुक्रबार होटल हिमालयमा उक्त अवार्ड वितरण गरेको हो। कार्यक्रममा नेपालको निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्ने संस्था र व्यक्तिलाई सम्मान गरिएको हो।
त्यसैगरी, म्यानुफ्याक्चरिङतर्फ सीजी फुड्स नेपाल लिमिटेड र कमर्सियल बैंकतर्फ सिद्धार्थ बैंक लिमिटेड सम्मानित भएका छन्। लाइफ इन्स्योरेन्सतर्फ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र डेभलपमेन्ट बैंकतर्फ मुक्तिनाथ विकास बैंक र फाइनान्सतर्फ आईसीएफसी फाइनान्स सम्मानित भए।
नेपाल क्लियरिङ हाउस लिमिटेड, तिलगंगा आँखा प्रतिष्ठान, शिखर इन्स्योरेन्स, लोमस फार्मास्युटिकल्स, साहस ऊर्जा लिमिटेड र युनिलिभर नेपाल पनि सम्बन्धित विधामा उत्कृष्ट ठहरिए। एग्रिबिजनेसतर्फ कञ्चनजङ्घा टी इस्टेट एन्ड रिसर्च सेन्टर, कन्स्ट्रक्सनतर्फ टुण्डी कन्स्ट्रक्सन र एसएमईएसतर्फ अल्लोबजार उत्कृष्ट भए। एयरलाइन्सतर्फ बुद्ध एयर, ग्रिन इनिसिएटिभतर्फ सिम्पल इनर्जी र क्यापिटल मार्केटतर्फ कुमारी क्यापिटल लिमिटेड सम्मानित भए।
डिसटिङ्गुइस्ट सर्भिसेस २०२५ अन्तर्गत उत्कृष्ट व्यक्तिगत योगदानतर्फ कालु हमाल, दिपेन्द्र सिंह ऐरी, आरिका गुरुङ, सावित्री भण्डारी साम्बा, गगन प्रधान र हरि बुढा मगर सम्मानित भए। उत्कृष्ट संस्थागत योगदानतर्फ डोटी मल्टिपल क्याम्पस र दरबार हाईस्कूल उत्कृष्ट चयन भए।
अवार्डले आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याएकाहरूको मनोबल बढाउने विश्वास आयोजकको छ। आयोजक समितिकी सह-अध्यक्ष सम्झना शर्माले आगामी दिनमा यसलाई समाजका विभिन्न क्षेत्रमा योगदान गर्नेहरूको साझा मञ्च बनाउने लक्ष्य रहेको बताइन्।
समारोह मन्त्रीद्वय अनिल कुमार सिन्हा र रामेश्वर प्रसाद खनाल उपस्थित थिए।
सम्बन्धित समाचार
लोकप्रिय समाचार



































































