जोडिनुहोस
मङ्लबार, साउन ५, २०८३
मङ्लबार, साउन ५, २०८३
  • होमपेज
  • ट्रमा सेन्टरको ‘सुनिल क्यान्टिन’ लाई वाणिज्य विभागको जरिबाना

ट्रमा सेन्टरको ‘सुनिल क्यान्टिन’ लाई वाणिज्य विभागको जरिबाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार काठमाडौंका विभिन्न १३ व्यावसायिक फर्ममाथि कारबाही तथा निर्देशन जारी गरेको छ । अनुगमन क्रममा कैफियत भेटिएपछि काठमाडौं महानगरपालिका–११ स्थित ट्रमा सेन्टरमा सञ्चालित ‘सुनिल क्यान्टिन’ लाई ५ हजार रुपैयाँ जरिबाना गरिएको छ ।

यस्तै चाबहिलमा रहेको हेल्दी बाइट्स् सर्भिसेस प्रालिलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजात ३ दिनभित्र विभागमा उपस्थित भई पेस गर्न निर्देशन दिइएको विभागले जनाएको छ । अनुगमन गरिएका अन्य ११ फर्महरूलाई भने सुधारका लागि सामान्य निर्देशन दिइएको छ ।

510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका