जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • नियमविपरीत बिलासी गाडी चढ्दै राष्ट्र बैंकका उच्च अधिकारी

नियमविपरीत बिलासी गाडी चढ्दै राष्ट्र बैंकका उच्च अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नरसहित उच्च पदस्थ कर्मचारीले कार्यविधि विपरीत महँगो र बिलासी गाडी चढ्ने गरेको पाइएको छ । महालेखा महालेखा परीक्षकको कार्यालयले नियम मिचेर विशिष्ट व्यक्तिको नाममा महँगा गाडी किन्ने राष्ट्र बैंकको प्रवृत्तिमाथि प्रश्न उठाएको छ ।

राष्ट्र बैंकका उच्च व्यवस्थापनमा कार्यरत कर्मचारीले ‘राष्ट्र बैंक सवारीसाधन सुविधा व्यवस्थापन कार्यविधि–२०७८’ विपरीत गभर्नर, डेपुटी गभर्नर र कार्यकारी निर्देशकहरुले महँगोको गाडी चढ्ने गरेको महालेखाले जनाएको छ । कार्यविधिमा गभर्नरलाई १ करोड ४० लाख, डेपुटी गभर्नरलाई १ करोड १० लाख र कार्यकारी निर्देशकलाई ५५ लाख रुपैयाँसम्मको सवारी सुविधा दिनसक्ने उल्लेख छ ।

तर, कार्यविधि विपरीत गभर्नरले नै १ करोड ७८ लाख रुपैयाँ र डेपुटी गभर्नरले १ करोड ४३ लाख रुपैयाँ मूल्यका सवारी साधन किनेर प्रयोग गरेका छन् । यस्तै कर्यकारी निर्देशकले पनि ७१ लाख ५० हजार रुपैयाँसम्मको सवारीसाधान चढ्ने गरेको महालेखा परीक्षको ६०औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकमा सवारी साधन हुँदाहुँदै विशिष्ट व्यक्तिको नाममा छुट्टै सवारीसाधन खरीद गर्नुको औचित्यमाथि नै महालेखाले प्रश्न गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा मात्रै राष्ट्र बैंकले २४ करोड ३८ लाख २५ हजार रुपैयाँ बराबरको सवारीसाधन खरिद गरेको महालेखाले उललेख गरेको छ ।

अहिले विद्युतीय सवारीसाधनमा २५ प्रतिशत र अन्य सवारी साधनमा २० प्रतिशत ह्रास कट्टा गरी हुन आउने रकम वा खरिद मूल्यको २० प्रतिशतमध्ये जुन बढी हुन्छ, सो रकम भुक्तानी गरी सुविधा प्राप्त गर्ने पदाधिकारीले सेवा निवृत्त हुँदा लिन पाउने व्यवस्था छ |

885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका