जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बैंकरलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

बैंकरलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

बैंकिङ कसुरमा समातिएका १० जना बैंकरलाई हिरासतमा दोस्रो पटक म्याद थप गरिएको छ। उच्च अदालत पाटनले तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका पूर्वसीइओ तुलसीराम गौतम, तत्कालीन सीइओ मनोज न्यौपाने (हाल प्रभु बैंकका डेपुटी सीइओ)सहितका १० जनालाई थप ७ दिन हिरासतमा राख्‍न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई मंगलबार अनुमति दिएको हो।

उनीहरु फागुन १५ गते पक्राउ परेका थिए। अदालतबाट पहिलो पटक पाएको म्याद सोमबार सकिएको थियो। सीआईबीले अहिलेसम्म पूर्वसीइओ गौतम, तत्कालीन सीइओ न्यौपाने लगायत ४ जनाको बयान लिएको छ। बैंकिङ कसुरका आरोपीलाई अनुसन्धानका लागि ६० दिनसम्म हिरासतमा राख्न पाउने कानुनी व्यवस्था छ।

बैंकले १ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाँको धितो भ्यालुएसन गरी २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ ऋण प्रवाह गरेको भन्दै फागुन १५ गते १० बैंकरलाई पक्राउ गरेको थियो। सेञ्चुरी बैंक अहिले अस्तित्वमा छैन। प्रभु बैकसँग मर्ज भइसकेको छ।

धितोभन्दा बढी कर्जा लिने देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंमाथि बचतकर्ताको रकम हिनामिना गरेको अभियोग छ। गत कात्तिक १७ गते पक्राउ परेका उनी अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन्। चौलागाईंका चारवटा संस्थाले बैंकका कर्मचारीसँगको मिलेमतोमा कम भ्यालुएसन भएको धितो देखाएर बढी ऋण लिएको प्रहरीको आरोप छ।

460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका