जोडिनुहोस
शुक्रबार, फाल्गुन २९, २०८२
शुक्रबार, फाल्गुन २९, २०८२
  • होमपेज
  • केन्द्रीय बैंकद्धारा नियमित प्रकृयामा फेरि ३० अर्ब निक्षेप खिच्दै

केन्द्रीय बैंकद्धारा नियमित प्रकृयामा फेरि ३० अर्ब निक्षेप खिच्दै

नेपाल राष्ट्र बैंकले फेरि ३० अर्ब निक्षेप संकलन गर्न लागेको छ । केन्द्रीय बैंकले बैंकिङ तरलता व्यवस्थापनका लागि २८ दिने निक्षेप अन्तरगत बोलकबोल तथा निष्काशन स्वरुप ३० अर्ब निक्षेप संकलन गर्न लागेको हो । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ ।

यस रकमको ब्याज भुक्तानी २०८२ चैत २५ गते हुने छ । यस प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलपत्र पेस गर्न सक्नेछन् । केन्द्रीय बैंकले हरेक आइतबार र बुधबार यस्तो निक्षेप खिच्ने गरेको छ ।

60
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?