जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • सरकारी ऋण साढे २८ खर्ब नाघ्यो

सरकारी ऋण साढे २८ खर्ब नाघ्यो

नेपालको कुल सार्वजनिक ऋणको हिस्सा कुल ग्राहस्थ उत्पादन (जिडिपी) को ४७.१३ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा सरकारको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुगेसँगै जिडिपीमा ऋणको हिस्सासमेत बढेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसारचालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड थियो । तर, फागुन मसान्तसम्म सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ । जुन कुल ग्राहस्थ उत्पादनको ४७.१३ प्रतिशत हुन आउँछ ।

कुल सार्वजनिक ऋणमा फागुन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३.१६प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६.८४ प्रतिशत रहेको छ । कार्यलयका अनुसार चालु आर्थिक वर्षको आठ महिनामै सरकारले २ खर्ब ४ अर्ब २४ करोड सार्वजनिक ऋण लिएको छ ।


375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्