जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • गगनकाे राजीनामा कांग्रेसद्वारा अस्वीकार

गगनकाे राजीनामा कांग्रेसद्वारा अस्वीकार

कांग्रेसका सभापति गगन कुमार थापाले निर्वाचनमा पार्टी हारको नैतिक जिम्मेवारी दिँदै पदबाट दिएको राजीनामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकले अस्वीकार गरेको छ ।

शुक्रबार र आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले गगनको राजीनामा अस्वीकार गर्ने प्रस्ताव पारित गरेको हो । उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकार गर्ने प्रस्ताव बैठकमा पेश गरेका थिए ।

उक्त प्रस्ताव अस्वीकार भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् । सभापति गगनकुमार थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै उपसभापति समक्ष विधानको धारा २६ (१) वमोजिम पेश गर्नुभएको राजीनामालाई केन्द्रीय कार्यसमितिको यस बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको छ,’ चालिसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?