जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंकको खुद नाफा १९.३७ प्रतिशतले बढ्यो

कामना सेवा विकास बैंकको खुद नाफा १९.३७ प्रतिशतले बढ्यो

कामना सेवा विकास बैंकको खुद नाफा बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा १९.३७ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा बैंकले कुल ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकले कुल ४९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी ९.२६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ९.६० प्रतिशतले बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ८.४४ प्रतिशत र सञ्चालन मुनाफा १८.३४ प्रतिशत बढेको छ ।

नाफा बढे पनि समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने घटेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १६.४६ प्रतिशतले घटेको छ । यता बैंकको निष्क्रिय कर्जा ४.२७ प्रतिशतले बढेर ४.४ प्रतिशत पुगेको छ ।

यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १ रुपैयाँ ४९ पैसाले बढेर २० रुपैयाँ ३२ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २४.२ गुणा छ भने प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ५७ पैसा छ ।

240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका