जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • तोकेभन्दा बढी लगानी गर्नेलाई ‘लगानी भिसा’ उपलब्ध गराइने

तोकेभन्दा बढी लगानी गर्नेलाई ‘लगानी भिसा’ उपलब्ध गराइने

विदेशी लगानी सम्बन्धी कानुन संशोधन गरी स्वचालित मार्ग विस्तारीत गरिने भएको छ । नीति तथा कार्यक्रममा सरकारले तोकेभन्दा बढीको लगानी गर्ने लगानीकर्तालाई नेपालमा लगानी भिसा उपलब्ध गराइने उल्लेख छ । सरकारले व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्म ३० दिनभित्र सम्पन्न गर्ने लगानी एक्सप्रेस नीति लागू गरिने घोषणा गरेको छ । सरकारले नेपाललाई टेक हब बनाउन सूचना प्रविधि उद्योगलाई कर प्रोत्साहन दिने घोषणा गरेको छ । सरकारले लगानी एक्सप्रेस नीति लागू गर्ने जनाएको छ । दुवै संससदमा संयुक्त रुपमा सोमबार अगामी आर्थिक वर्ष २०८३/ ८४ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । जसमा वैकल्पिक विकास वित्त, डायस्पोरा पुँजी र निजी क्षेत्रको लगानी परिचालन गरेर पूर्वाधार क्षेत्रमा नयाँ वित्तीय मोडल ल्याइने घोषणा गरिएको छ ।

190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका