बैंक / वित्त
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको गान्धीमोड एक्स्टेन्सन काउन्टर सधैंका लागि बन्द हुने
0 टिप्पणी

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले काठमाडौंको काँडाघारीस्थित गान्धीमोड एक्स्टेन्सन काउन्टर बन्द गर्ने भएको छ । बैंकले सूचना जारी गर्दै २०८३ जेठ ११ गते देखि उक्त काउन्टरमार्फत प्रदान हुँदै आएका सम्पूर्ण बैंकिङ सेवा बन्द हुने जानकारी दिएको हो ।
अब सो काउन्टरमार्फत दिइँदै आएको सेवा पेप्सीकोला शाखा कार्यालयमार्फत दिइने छ । बैंकका अनुसार आवश्यक बैंकिङ कारोबारका लागि ग्राहकहरूले काठमाडौंस्थित टाउन प्लानिङ (गार्डेन चोक) पेप्सीकोला शाखामा सम्पर्क गर्न सक्नेछन् ।
काउन्टर बन्द हुँदा ग्राहकवर्ग, सेवाग्राही तथा सम्बन्धित सेवामा पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना समेत मागेको छ । बैंकले सेवा निरन्तरताका लागि ग्राहकलाई वैकल्पिक शाखाबाट सेवा लिन अनुरोध गरेको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































