जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बैंक कर्मचारीलाई अतिरिक्त समय काम लगाउँदा ओभर टाइम दिनैपर्ने राष्ट्र बैंकको निर्देशन

बैंक कर्मचारीलाई अतिरिक्त समय काम लगाउँदा ओभर टाइम दिनैपर्ने राष्ट्र बैंकको निर्देशन

ग्लोबल आइएमई बैंकका शाखा प्रमुख पिताम्वर खड्काको आत्महत्याको प्रकरणपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको कार्यघण्टा सम्बन्धमा कडाइ गरेको छ । केन्द्रीय बैंकले नयाँ निर्देशिका जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना कर्मचारीहरूलाई कार्यालय समय भन्दा बढी काममा लगाउन नपाइने व्यवस्था गरेको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले बढी समय काम गर्नु परेको र मानसिक तनाव बढेको गुनासो गर्दै आएका थिए ।

केन्द्रीय बैंकले कर्मचारीहरूको सोही गुनासो र पछिल्लो घटनालाई सम्बोधन गर्दै बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई प्रचलित कानून तथा राष्ट्र बैंकको निर्देशन बमोजिम मात्र काममा लगाउनु पर्ने स्पष्ट पारेको छ । नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई कार्यालय समयका अतिरिक्त समयमा काम गर्न बाध्य पार्न पाउने छैनन् ।

यसैगरी, केन्द्रीय बैंकले विशेष परिस्थितिमा कार्यालय समयका अतिरिक्त समयमा काममा खटाउनु परेमा प्रचलित व्यवस्थाबमोजिम अतिरिक्त पारिश्रमिक (ओभर टाइम) प्रदान गर्ने व्यवस्था मिलाउनु पर्ने अनिवार्य नियम ल्याएको छ । यस व्यवस्थासँगै अबदेखि बैंकका कर्मचारीहरूले तोकिएको समयभन्दा बढी काम गरेमा नियमानुसार अतिरिक्त भत्ता पाउने सुनिश्चित भएको छ ।

160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?