जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • जिउँदो खेलाडीलाई कान्तिपुर टिभीले मृत्यु भएको घोषणा गरिदिएपछि..

जिउँदो खेलाडीलाई कान्तिपुर टिभीले मृत्यु भएको घोषणा गरिदिएपछि..

फुटबल हेरिरहेका सबै दर्शक स्तब्ध हुने एउटा घटना भयो आज कोपनहेगनमा भइरहेको युरो कपको खेलका क्रममा। डेनमार्क र फिनल्यान्डबीच खेल भइरहेको थियो। मध्यान्तर हुन पाँच मिनेट जति बाँकी थियो। डेनमार्कका स्टार खेलाडी क्रिस्टियन एरिक्सन आफूकहाँ बल पास हुँदा एकाएक ढले। त्यसपछिका केही दृश्य साह्रै मार्मिक थिए। डेनमार्कका सबै खेलाडीहरुले चारैतिरबाट उनलाई घेरे। ताकि कुनै पनि क्यामेराले त्यो ह्रदयविदारक दृश्य खिच्न नसकोस्। सिपिआर दिइयो। मेडिकल टिम आए। उनीहरुले पर्दाले छोपेर एरिक्सनलाई स्ट्रेचरमा राखी मैदानबाट निकाले। मैदानबाट बाहिरिँदासम्म उनको होस आइसकेको थियो। धन्न समयमै सिपिआर दिए र मैदानमै एउटा अप्रिय घटना हुनबाट जोगियो। तर सात समुद्रपार नेपालको एउटा प्रमुख मिडिया भने अप्रिय घटनाबाट जोगिन सकेन।

कान्तिपुर टेलिभिजनको आधिकारिक ट्विटर ह्यान्डल @ourktv मा एरिक्सनको मृत्यु भएको घोषणासहितको ट्विट गरियो। अचम्म ! मृत्यु भएको समाचार कतै पनि आएको थिएन। तर कान्तिपुर टिभी मृत्यु भएको समाचार दिन हतारियो।

10550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका