कर्पाेरेट
सांग्रिला बैंकद्वारा दार्चुलामा निःशुल्क आँखा परीक्षण, सात सयभन्दा बढी लाभान्वित

सांग्रिला डेभलपमेन्ट बैंकले दार्चुलामा निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत २०८३ जेठ २९ गते शुक्रबार जिल्ला अस्पताल खलङ्गा तथा जेठ ३० गते शनिबार दुहुँ गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो ।
जिल्ला अस्पताल खलङ्गामा सञ्चालित शिविरमा ३ सय ८७ जना तथा दुहुँ गाउँपालिकामा सञ्चालित शिविरमा ३ सय २४ जनाले विशेषज्ञ डाक्टरबाट निःशुल्क आँखा परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका थिए । शिविरमा आवश्यक औषधि तथा चश्मा समेत निःशुल्क वितरण गरिएको बैंकले जनाएको छ । शिविरमा गेटा आँखा अस्पताल धनगढीका नेत्र चिकित्सक सहितको टोलीले सेवा प्रदान गरेको थियो । आँखा परीक्षण गरिएका मध्ये मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीहरूको निःशुल्क शल्यक्रियाको व्यवस्था समेत सांग्रिला डेभलपमेन्ट बैंकले गर्ने जनाएको छ ।
शिविरमा स्थानीय सर्वसाधारण, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । आम नागरिकको विश्वास र भरोसाका कारण सांग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय तथा ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको जनाएको छ । बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई निरन्तरता दिँदै आगामी दिनमा सेवाको विस्तारलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































