
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा अनिल गिरी नियुक्त भएका छन्।
कम्पनीको असार ११ गते बिहान साढे ८ बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत अनिल गिरीलाई आजकै मितिदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघिका सीईओ मृगेन्द्र नाथ रिमाल विरुद्ध बीमा कसुरमा मुद्दा दर्ता भएसँगै उनी स्वतः निलम्बनमा परेका छन्। उनी निलम्बनमा परेसँगै सीईओ पद नेतृत्वविहीन बन्न पुगेपछि हाललाई डीसीईओलाई नै उक्त जिम्मेवादी दिइएको हो।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































