जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • एनएसी अध्यक्ष घिमिरेले किन दिए राजीनामा?

एनएसी अध्यक्ष घिमिरेले किन दिए राजीनामा?

र्यटनमन्त्री उमाशंकर अरगरियाले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले दिएको राजीनामाको वास्तविकता बुझेर मात्र स्वीकृत गर्ने बताएका छन्।

घिमिरेले गत शुक्रबार (जेठ २८ मा) कार्यकारी अध्यक्षबाट राजीनामा दिएका थिए।

पूर्व पर्यटन सचिव समेत रहिसकेका घिमिरेले लामो समय निजामती सेवामा बिताएका छन्। अब भने पूर्णरुपमा अवकाशपछिको जीवनयापन गर्ने उद्देश्यले अध्यक्ष पदबाट राजिनामा दिएको उनले बताए।

‘मैले अध्यक्ष पद छोड्नै खोजेको हो । यो क्षेत्रमा काम गरेको लामो समय भइसकेको छ। अब भने अवकाश लिएर परिवार, आफन्तसँग स्वतन्त्र जीवनयापन गर्ने विचारले राजिनामा दिएको हुँ,’ घिमिरेले भने।

यसका साथै लामो समयका लागि परिवारसहित विदेश जाने योजना रहेकाले पनि आफूले राजिनामा दिएको उनले बताए ।

घिमिरेले पूर्णरुपमा अवकासपछिको जीवनयापनका लागि व्यक्तिगत योजनाका साथ निगम अध्यक्षबाट राजीनामा दिएको बताएपनि पर्यटन मन्त्रालयमा नयाँ मन्त्री नियुक्त हुनेवित्तिकै उनको राजीनामा आएकाले मन्त्रीको चासो यससँग जोडिएको दृष्टिले पनि हेरिएको छ । यद्यपि, घिमिरेले भने नयाँ मन्त्री नियुक्त भएकै बेला राजीनामा दिनु उपयुक्त हुने भएकाले यो निर्णय लिएको जिकिर गरे।

उनी भन्छन्,’यसअघि पनि मैले पटकपटक राजीनामा गर्न खोजेको हो। त्यतिखेर अनुकुल मिलेको थिएन। अहिले नयाँ मन्त्री आउनुभएको छ। उहाँसँग बसेर काम गर्दा बीचमै छोडेर जाँदा राम्रो हुँदैनथ्यो। यसैले अहिले शुरुमै उपयुक्त हुने ठानेरै राजीनामा दिएको हुँ।’

यसअघि योगेश भट्टराई र भानुभक्त ढकाल पर्यटन मन्त्री हुँदा पनि आफूले अध्यक्षबाट राजीनामा दिन चाहेको उनले खुलासा गरे।  भट्टराईले नै २०७७ वैशाख २ मा घिमिरेलाई निगम अध्यक्षको जिम्मेवारीमा नियुक्त गरेका थिए।

मन्त्री अरगरियाले भने घिमिरेसँग भेटेरै वास्तविक कारण बुझेर मात्र उनको राजीनामा स्वीकृत गर्ने योजना रहेको बताए।

‘उहाँले यसअघि पनि राजिनामा दिनुभएको जानकारी आएको छ। उहाँसँग अहिलेसम्म भेटघाट भएको छैन। अहिले पुनः राजिनामा गर्नुको उहाँले व्यक्तिगत कारण बताउनुभएको छ। तर वास्तविकता बुझेर मात्र राजिनामा स्वीकृत गरिनेछ,’ मन्त्री अरगरियाले भने।

घिमिरेले यसअघि ३० वर्ष निजामती सेवामा बिताउँदा त्यस अवधिमा एक वर्ष कामु सचिव र पाँच वर्ष सचिवको भूमिकामा बिताएका थिए। त्यसपछि घिमिरेले खुला प्रतिस्पर्धाबाट संयुक्त राष्ट्रसंघमा पनि ‘प्रोफेशनल लेवल फोर’ अन्तर्गत काम गरेका थिए।

पछिल्लो एक वर्षयता निगम अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका घिमिरेको मासिक सेवा सुविधा डेढ लाख रुपैयाँ रहेको बताइएको छ।

7405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका